रौतहट घट्नाका दोषीलाई कारवाही गर्न खोज्दा देउवा र सिटौला भन्छन्- लोकतन्त्रमाथि आक्रमण भयो

Advertisement

काठमाडौं । रौतहट बमकाण्डबारे कांग्रेस बोलेको छ  । सभापति शेरबहादुर देउवाले १२ वर्ष पूरानो मुद्दामा आफ्ना नेता तथा सांसद मोहम्मद अफ्ताव आलमलाई पक्रिनु कांग्रेस र लोकतन्त्रमाथिकै योजनाबद्ध आक्रमण भएको बताएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन भक्तपुरको बोडेमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै देउवाले भने, ‘सरकारले सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेस र लोकतन्त्रविरुद्ध षड्यन्त्र सुरु गरेको छ । १२ वर्षअघिको मुद्दा ब्युँझाएर प्रहार गर्न थालेको छ ।’

नेता कृष्णप्रसाद सिटौलाले पनि आलम मुद्दा उठाएर कांग्रेसविरुद्ध षड्यन्त्र गरिएको बताए । ‘यहाँ ग्रान्ड डिजाइन नै बनाएर कांग्रेसविरुद्ध लागेका छन् । मोहम्मद अफ्ताव आलमविरुद्ध आएका समाचार यसैको नमुना हो,’ सिटौलाले भने ।

२७ चौत ०६४ मा रौतहट बमकाण्ड हुँदा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सिटौला गृहमन्त्री थिए । अपराधबाट उन्मुक्ति दिन सिटौलाले त्यतिबेला आलमलाई साथ दिएको पीडितको आरोप छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement