सुनको मूल्य प्रतितोला दुई सयले घट्यो

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७० हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ७० हजार चार सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार एक सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ३५५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार १०० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement