नेपाल भ्रमण वर्षको सचिवालय र एनआरएनएबीच १७ बुँदे समझदारी

Advertisement

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच १७ बुँदे समझदारी भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीमा विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ ।

सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्न सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समझदारीसमेत भएको छ । यस्तै नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले वर्षभरी विश्वका प्रमुख सहरमा कार तथा साइकल याली गर्ने, संघका विश्वभर रहेका सदस्य तथा विभिन्न नेपाली संघसंस्थामा आवद्ध नेपालीका माध्यमबाट संघले उनीहरुको रोजगारदाता, व्यावसायिक साझेदार संघसंस्था तता व्यक्तिलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्ने जनाइएको छ ।

समझदारीअनुसार संघले गैर आवासीय नेपालीका विश्वभर रहेका व्यावसायिक फर्म तथा होटेल, रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्री राखेर प्रचारप्रसार गर्ने तथा प्रचारप्रसारका सामग्री वितरण गर्नेछ । यसैगरी संघले विश्वभर कम्तीमा ५० देशमा ‘मिस एनआरएन इन्टरनेशनल’ आयोजना गर्ने र उक्त प्रतियोगिताको ‘फिनाले’ सन् २०२० को जुनभित्र नेपालमा गर्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement