नयाँ पल्सर ‘एनएस २००' अब एन्टी–लकिङ ब्रेकिङ सिस्टममा

Advertisement

काठमाडौं । हन्सराज हुलासचन्द एण्ड कम्पनी नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) ल्याएको छ ।

एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको छ । एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ ।

एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् । किनकी यसले ब्रेकिङ्ग दुरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्दछ । यसैबीच, यसले सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्दछ र बाइकको स्थिरता बढाएका छन् ।

यसले दुर्घटना हुने जोखिम पनि कम गर्दछ ।एबीएस भएको पल्सर एनएस दुई सय को शुरुवाती मुल्य  तीन लाख ३४ हजार ९०० मात्र रहेको छ । यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा उपलब्ध छ । बजाजले सदैव नविनतम अफरहरु ल्याउदै ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

Advertisement

Advertisement

Advertisement