सेयर बजारमा गिरावट जारी, जम्मा करिव साढे १६ करोडको सेयर किनबेच

Advertisement

काठमाडौं । सेयर बजारमा जारी गिरावट सोमबार पनि कायम रह्यो । यद्यपि आजको गिरावट नगन्य रहेको छ । आज नेप्से परिसुचक एक दशमलव ३३ अंकले घटेर एक हजार १३२ कायम भयो ।

आज कारोबार पनि घटेर जम्मा १६ करोड ४३ लाख रुपियाँको कारोबार भयो । जसमा धेरै कारोबार गर्ने प्रभु बैंकको जम्मा एक करोड ८९ लाख रुपियाँको कारोबार छ । बाँकी कम्पनीहरुको कारोबार लाखमा रहेको छ ।

आज धेरै नाफा गर्नेमा घोडाघोडी लघुवित्तका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा एभरेष्ट बैंकका लगानीकर्ता रहेका छन् । आज बाणिज्य बैंक, विकास बैंक, जलविद्युत, वित्त र उत्पादनमूलक कम्पनीका उपसुचकहरुमा सामान्य गिरावट देखिएको छ भने बाँकी समूहका सुचकहरुमा सामान्य सुधार छ ।

Advertisement

Advertisement

Advertisement