अबैध सुन कारोबार गर्ने व्यवसायी विरुद्ध १६ करोडको मुद्धा, भारतीयको संलग्नता

Advertisement

काठमाडौं । अबैध सुन कारोबारमा संलग्न व्यवसायी विरुद्ध १६ करोड जरिवानाको माग दावीसहित मुद्धा दायर भएको छ । राजश्व अनुसन्धन विभागले अबैध सुन कारोबारमा संलग्न  भारतीय नागरिक विरुद्ध १६ करोड विगो जरिवाना तथा ३ वर्ष कैद सजायको माग गर्दै जिल्ला अदालत कैलाली, धनगढीमा मुद्धा हालेको हो ।

भारत पलियाखिरी घर भई धनगढी उप महानगरपालिका १ बस्ने अतुल र्बमा र उनका बाबु सुशिल कुमार राजपुतले शिव सुनचाँदी पसलबाट अबैध सुन कारोबार गरेर राजश्व छलेका थिए ।  उनीहरुले चोरी निकासी गरिएको अबैध सुन काठमाडौंबाट लगेर कारोबार गर्दै आएका थिए । त्यसरी गरिएको कारोबारबाट प्राप्त रकम भने बैंक खातामा राख्ने गरेको फेला परेपछि राजश्व अनुसन्धान विभागले छानविन गरेको थियो ।

उनीहरुको बैंक स्टेटमेन्टमा ७ करोड ५१ लख २८ हजार ४ सय ४८ रुपैंया ९१ पैसा देखिएको थियो । सो वापत सरकारलाई बुझाउनुपर्ने २९ लाख ७९ हजार ७ उय ८६ रुपैंया ७७ पैसा आयकर छलेको देखिएको हो । उनीहरुका साथबाट २९ लाख ८० हजार ४ सय ५० रुपैंया भारतीय रकम समेत बरामद भएको थियो ।

विभागले ८ करोड ६ लाख ८ हजार २ सय ३५ रुपैंयाँ ६८ पैसाको दोब्बर जरिवाना तथा ३ वर्ष कैद माग गरि अदालतमा मुद्धा दायर गरेको महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement