भारतमा 'बिग मर्जर'का विरुद्ध कर्मचारीको हड्ताल, नेपालमा के होला ?

Advertisement

काठमाडौं । भारतमा बैंकहरुको बिग मर्जरका विरुद्धमा आन्दोलन चर्केको छ । आज अर्थात अक्टोबर २२ तारिखका दिन भारतका अधिकांश बैंक तथा वित्तिय संस्थाहरु आन्दोलनका कारण बन्द हुनेछन् । सरकारी बैंक मर्जरको निर्णयले १० लाख रोजगारी गुम्ने भन्दै कर्मचारीहरुले हड्ताल घोषणा गरेका हुन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारत सरकारले १० वटा बैंकहरुलाई मर्ज गरेर ४ वटा ठुला बैंक बनाउने सरकारी निर्णयका विरुद्ध अल इण्डिया बैंक इम्प्लोईज एसोसियसन(एआईबीआई) र बैंक इम्प्लोइज फेडरेशन अफ इण्डिया(बिईएफआइए)ले हड्ताल अपिल गरेका हुन् ।

भारतीय वित्त मन्त्री निर्मला सितारमणले देशमा सरकारी बैंकहरुकाले सख्या १२ वटामा सिमित गर्ने घोषणा गरेकी थिइन् । उनले सरकारी बैंकको संख्या घटाएर ठुलो र बलिया बैंक बनाउने जसले ५ ट्रिलियनको डलरको भारतीय अर्थतन्त्र निर्माणमा सघाउने बताएकी थिइन् ।
सरकारी बैंक मर्जरका विरुद्धमा बैंकका कर्मचारीहरुले हड्ताल घोषणा गरेका हुन् ।


यी सकारी बैंक हुँदैछन् मर्ज
१)पञ्चाब नेशनल बैंक, ओरियन्टल बैंक र युनाइटेड बैंक
२) इण्डियन बैंक र इलाहावाद बैंक
३) युनियन बैंक अफ इण्डिया, आन्ध्रा बैंक कर्पाेरेशन बैंक
४) केनरा बैंक र सिण्डीकेट बैंक

नेपालमा पनि राष्ट्र बैंकले बिग मर्जरको चर्चा चलाईरहेको छ । त्यसमा पनि तीन वटा ठुला सरकारी बैंकहरुको मर्जरका बिषयमा पनि समय समयमा कुरा उठ्ने गरेको छ ।  नेपालमा मर्जरको विषय उठ्दा कर्मचारी भन्दा पनि बैंकका लगानीकर्ताहरुले बढी बिरोध गर्दै आईरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ठुला र बलिया बैंकहरु आवश्यक पर्ने भन्दै मर्जरमा जोड दिँदै आएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बैंकहरुको संख्या भन्दा पनि गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने धारणा राख्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement