पल्सर एनएस २०० अब एबीएसमा

Advertisement

काठमाडौं । नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ् ब्रेकिङ् सिस्टम (एबीएस) ल्याएको छ ।

एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ । एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ्ग दूरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्दछ ।

यसले सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्दछ र बाइकको स्थिरता बढाँउछ । यसले दुर्घटना हुने जोखिम पनि कम गर्दछ ।

एबीएस भएको पल्सर एनएस २०० को शुरुवाती मुल्य ३ लाख ३४ हजार ९ सय रहेको छ । यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा उपलब्ध छ । बजाजले सदैव नविनतम अफरहरु ल्याउँदै ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ ।

Advertisement

Advertisement

Advertisement