टोपबहादुर रायमाझी भन्छन्– नेताहरुलाई जे पायो त्यही गाली गर्न पाइन्न

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भइरहने भन्दै अहिले कुनै विवाद नभएको जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले भने, ‘बरु, अहिलेको परिस्थिति के हो ? र हाम्रो जिम्मेवारी के हो ? भन्ने कुरातर्फ जानुपर्छ । हरेक पार्टीमा अन्तरविरोध हुन्छ । तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन् । असन्तुष्टिहरु छैनन् । यो त बरु सिर्जित अन्तरविरोध हो ।’

रायमाझीले हरेक पार्टीभित्र विधि र राजनीतिको विषयमा आ–आफ्नो मूल्य र मान्यता रहने बताउँदै थपे, ‘पार्टीभित्रको आधिकारिक लाईन छ । हामी त्यहीअनुसार चलिरहन्छौं । को प्रधानमन्त्री बन्छ ? को अध्यक्ष बन्छ ? भन्ने कुरा विधिसम्वत हुन्छ । यी विषय त प्रक्रियाअनुसार चलिरहन्छन् ।’ उनले अहिले देशको राजनीतकि एजेण्डा भनेको विकास र समृद्धिको एजेण्डा नै भएको चित्रण गरे ।

उनले थपे, ‘यतिबेला दुई तिहाई बहुमतको सरकार छ । विकास र समृद्धिको एक सूत्रीय एजेण्डा छ । विरोध र समर्थन छन् । अहिले भनेको पूरानो एजेण्डाको निरन्तरता होईन । कतिपयले सरकार पनि पूरानोको निरन्तरता बुझेका छन् । तर, यो होईन । हामी नयाँ व्यवस्था, नयाँ संविधानमा छौं । विकास र समृद्धको एजेण्डामा छौं । संविधान कार्यान्वयनको एजेण्डामा अघि बढेका छौं । सर्यौं कानुन बनाएका छौं । विकास र समृद्धिका जग हालेका छौं । यद्यपी जनताले चाहेजस्तो खासगरी अपेक्षाअनुसार अझै काम भएका छैनन् । सरकारले परीणाम दिन सकेको छैन् । केही ढिलासुस्ती भएको हो । तर, जग हाल्नको लागि कानुन बनाउनको लागि हामीले समय लाग्यो । अब विकास र समृद्धि देखिन्छ ।’

रायमाझीले छिट्टै तीव्र रुपमा परीणाम आउन लागेको पनि सुनाए । उनले भने, ‘संघीय सरकारबाट ठूला आयोजनाहरु प्रदेशबाट मझौला र स्थानीय सरकारबाट साना प्रकारका आयोजनाहरु धमाधम अघि बढिरहेका छन् । तीनै तहका सरकारबाट ठूला, मझौला र साना आयोजनवाहरु सञ्चालन गरिरहेका छौं । पूर्वाधार विकासका आयोजनाहरु जोडदा र विकासका परीणाम निकाल्दा आगामी दिनहरु र वर्षहरु उथुलपुथलका वर्षहरु हुनेछन् ।’

उनले राष्ट्रिय जनमोर्चाले भनेजस्तो संघीयता नै बेठीक हो भन्ने कुरामा आफूहरु सहमत हुन नसक्ने बताए । रायमाझीले भने, ‘संघीयता भनेको त जनताले स्वीकार गरेको कुरा हो । संविधानसभाबाट ९५ प्रतिशतले अनुमोदन गरेको एजेण्डा हो । यो कुनै जबरजस्ती ल्याईएको एजेण्डा होईन् ।’ रायमाझीले भ्रष्टाचार र व्यविचार देखापरेको सुनाए । उनले भने, ‘भ्रष्टाचार र व्यविचार सतहमा आएका छन् । अब संघीय गणतन्त्र आईसकेपछि चेतना आईसक्यो । पूराना घट्नालाई चिहानबाट, तलबाट ल्याईएका छन् ।गलत गर्ने जो कसैलाई पनि राज्यले छोड्दैन् । घट्नाबाट कोही पनि बच्नेवाला छैन् । यो बर्वाद होईन, ठीक भयो । हिजोको सरकारले घटना बाहिर ल्याउन चाहेको थिएन । तर, यो सरकारले ल्यायो ।’

नेता रायमाझीले वर्तमान सरकाले पनि यदि नराम्रो काम गरे उसको आलोचना गर्नुपर्ने धारणा राखे । उनले भने, ‘कारबाही गर्ने सन्दर्भमा जनताबाट कुरा उठ्न्पर्छ । गलत गर्नेहरु कानूनको दायरामा आउनुपर्छ । जोसुकै होस् । नेकपाका मान्छेले गल्ती गरे पनि उनीहरुपनि कारबाहीको भागिदार हुनुपर्छ । निश्पक्ष छानबिन हुनुपर्छ । कानुनको नजरमा सबै बराबर हो । कोही मान्छे थुनियो भने सडकबाटै फैसला गर्ने काम गर्नुहुँदैन् ।’

फरक प्रसँगमा उनले सभामुखमा आफ्नो पार्टीको दाबीबारे पार्टीले छलफल गरेर टुँगो लगाउने पनि विश्वास दिलाए । रायमाझीले भने, ‘सभामुख र उपसभामुखबारे सरकार र प्रतिपक्षबीच छलफल हुन्छ । सभामुख दिने वा उपसभामुख के दिने ? छलफल गरेर बसेर टुँगो लगाउने हो ।’ उनले संविधान कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । सभामुखको लागि आफ्नो व्यक्तिगत रुपमा कुनै चाहना नरहेको र कसैले आफ्नो स्वार्थअनुसार नाम चर्चामा ल्याईदिएको पनि रायमाझीको टिप्पणी छ ।

रायमाझीले शान्ति प्रक्रिया अधुरो काम पूरा गर्नको लागि आफूहरु गम्भीर रहेको स्पष्ट पारे । उनले भने, ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगलाई पूर्णता दिनुपर्छ । द्धन्द्धका घाउ कोट्याउनेतर्फ लाग्नुहुँदैन् । हामी अगाडि बढ्न्पर्छ ।’

एक पत्रकारले नेताहरु त डकैत भए नि ? भन्ने शब्द प्रयोग गर्दा रायमाझीले असन्तुष्टी पोखे । उनले भने, ‘डकैती भन्ने शब्द नबोल्नुहोस् । अधिकार आएको छ भन्दैमा जे मन लाग्यो त्यही बोल्ने ? अलिक शिष्टरुपमा शब्द प्रयोग गर्नुहोस् । अराजक हुनुलाई अधिकार आएको होईन् । गलत शब्द, अप्रिय शब्द बोल्नको लागि स्वतन्त्रता आएको होईन । रायमाझी डकैती गर्न आएको होईन । यो सरकार पनि जनताको अत्यधिक बहुमतको जनमत लिएर आएको हो ।’

Advertisement

Advertisement

Advertisement