नेपाल-चीन सम्बन्ध रेल र सडकमा मात्रै सिमित गर्नुहुन्नः माधव नेपाल

Advertisement


  • काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाल र चीनको सम्बन्धलाई रेल र सडक मार्गको विकासमा मात्रै सिमित गर्नु नहुने बताएका छन् ।


मदन भण्डारी अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले नेपाल र चीनको सम्बन्धलाई रेल र सडक मार्गमा मात्रै सिमित गर्नु नहुने धारणा राखेका हुन् । उनले नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरमा रहेको र त्यसलाई अझै घनिभूत बताउनुनर्पेमा जोड दिए । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको पनि बताए ।

बरिष्ठ नेता नेपालले राष्ट्रपति सी जिनपिङको भ्रमणले विश्व मञ्चमा नेपालको उपस्थितिलाई थप बलियो बनाएको टिप्पणी पनि गरे । नेपालले चीन र भारतबीचको सम्बन्धलाई समदुरीमा राखेर अघि बढ्नुपर्नेमा पनि उनको बिशेष जोड थियो ।

Advertisement

Advertisement

Advertisement