संसारभर नेताहरु विरुद्ध बढ्दैछ जनतामा आक्रोश: आखिर किन ?

Advertisement

काठमाडौं । नेपालमा पछिल्लो केहि समयदेखि राजनीतिक दलका नेताहरुको उछितो काड्ने प्रवृत्ति बढेको छ । अझ सत्तासिनहरुको त झन सामाजिक सञ्जालदेखि सडक र चोकहरुमा चर्काे बिरोध भैरहेकै छ । यसलाई विपक्षीहरुले आफ्नो लोकप्रियताका रुपमा अथ्याईरहेका छन् भने सत्तासिनहरु विपक्षीको चालाबाजी भनिरहेका छन् । तर यो सारमा राजनीतिक नेतृत्व प्रतिको नागरिक वितृष्ण हो ।

राजनीतिज्ञमाथीको नागरिक आक्रोश नेपालमा मात्रै होइन, यतिबेला संसार भर भुसको आगो झै फैलिरहेको छ । पछिल्लो सयम लेबनान, इराक, चीली हुँदै स्पेनका नागरिकहरु सडक प्रदर्शनमा छन् । यी सबै देशमा फरक फरक कारणले आन्दोलनको उठान भएको छ तर सारमा सबै प्रर्दशनहरुले राजनीतिज्ञप्रति वैमास्यता नै उजागर गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथी जातिवादी संकिर्णताको आरोप छ । उनलाई अन्ध राष्ट्रवादको आरोप लगाईदै आईएको छ ।

रुसी राष्ट्रपति विरुद्ध पनि रुसमा समय समयमा प्रर्दशन हुँदै आईरहेको छ । त्यसो त बेलायत यतिबेला ब्रेक्जिटको लफडाबाट मुक्त हुन खोजिरहेको छ र त्यहाँका प्रधानमन्त्री आलोचनाको केन्द्रमा छन् । जल वायु परिवर्तनको मुद्धाले पनि बेलायतको लण्डनमा यतिबेला प्रदर्शन जारी छ । जमर्नी, न्युजील्याण्ड, अष्ट्रिया, अष्ट्रेलिया, फ्रान्समा पनि जलवायु परिर्वतनका विरुद्ध प्रर्दशनहरु भैरहेकै छन् ।

उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि हिन्दुत्वका आडमा फाँसीवादी शासन चलाएको भन्ने आरोप खेपिरहेका छन् । देशका मुस्लिम तथा अन्य अल्पसंख्याकहरुलाई मास्न खोजेको आरोप मोदीमाथी छ । त्यसो त कस्मिर मामिलालाई उचालेर युद्ध उन्माद प्रर्दशन गरेको आरोप पनि मोदीलाई लागिरहेको छ ।


नेपालमा झोले ? 
नेपालमा पछिल्लो पटक राजनीतिज्ञ र पार्टीका कार्यकर्ताहरुलाई झोले भनेर हुर्मत लिने प्रयास जारी छ । राजनीतिज्ञलाई झोले भनेर विवेकहिन सावित गर्ने प्रयास चलिरहेको छ । सत्य, तथ्य नबुझ्ने पार्टीको कुरा गलत नै भए पनि समर्थन गर्ने, विवेकहिन र क्षमताहिन भन्दै राजनीतिमा आवद्धहरुलाई खुईल्याउने काम यतिबेला उत्कर्षमै छ । त्यसका अलवा उच्चस्तरका राजनीतिज्ञहरुलाई सिधै भ्रष्टाचारीको ट्याग लगाउने प्रयास जारी छ । यद्यपी नेपालका सन्दर्भमा गणतन्त्रलाई पचाउन नसक्ने गिरोहले त्यस्तो हर्कत गरिरहेको देखिन्छ । तर सरकार वा राजनीतिज्ञहरुको गतिबिधीले नागरिकका बिरोधको स्वरलाई मत्थर बनाउन भने सकिरहेको छैन् ।
सबै नेता घानमा
नेपालमा प्रधानमन्त्री केपी ओली विरुद्ध व्यापक असन्तुष्ठि बढिरहेको छ । त्यसपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि आलोचनाको केन्द्रमा छन् । तर विपक्षी दलका नेता शेर बहादुर देउवा पनि आलोचनामुक्त भने छैनन् । ओली, प्रचण्ड, देउवासँगै अधिकांश राजनीतिक दलका नेताहरु प्रति नागरिकको व्यापक असन्तुष्ठि देखिन्छ ।
किन बढिरहेको अविश्वास ?
समृद्धि र समानताको नारा लगाउने राजनीतिज्ञहरुले सत्तामा पुगेपछि आफुलाई आम नागरिक भन्दा फरक बनाउने प्रयास गरेको सन्देश नागरिकमा प्रवाह भैरहेको देखिन्छ । सत्तासिनहरु आफु भन्दा माथिल्लो दर्जामा पुगेको र आफ्नो जीवनस्तरमा कुनै सुधार नआएको निष्कर्षसहित नागरिक आक्रोश बढेको देखिन्छ ।
भ्रष्टाचार
नागरिकहरुले राजतिज्ञहरु भ्रष्टाचारी भए, राज्यको सम्पतिमा मोज मस्ति गरे भन्ने निष्कर्ष निकालेको देखिन्छ । हरेक नेताको अनुहारमा उनीहरु आफ्ना मुक्तिदाता होइन की आफ्नो अधिकार खोस्नेहरुको अनुभूति गर्न थालेका छन् । हरेक विकास निर्माण र खरिद बिक्रिमा राजनीतिज्ञले कमिसन खाईरहेको छ भन्ने उनीलाई लाग्न थालेको छ ।-बीबीसी हिन्दीको सहयोगमा

Advertisement

Advertisement

Advertisement