सुनको मूल्य फेरी बढ्यो, चाँदीको स्थिर

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ७० हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले बढेर प्रतितोला ७० हजार चार सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार एक सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ३५५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार एक सय रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर भएर ८५० रुपियाँमा नै कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement