३० प्रतिशत नेपालीहरु एक हजार प्रकारका बाथरोगबाट ग्रसित छन्ः डा. लोहनी

Advertisement

काठमाडौं । युरिक एसिडलाई मात्रै बाथ रोग भनेर बुझ्ने हाम्रो साोँच छ । त्यस्तो विल्कुलै होइन् । बाथ रोग भनेको हाडजोर्नी मात्रै होइन, त्यो पनि जोडिने मात्रै हो । हाड जोर्नीबाट आरम्भ हुने भएकाले बाथरोगलाई हाडजोर्नीको डाक्टरले हेर्ने चलन पनि रहेछ । त्यस्तो विलकुलै होइन् । संसारमा एक हजार किसिमका बाथरोग हुन्छन् । यसलाई अंग्रेजीमा र्युमेटोलोजी भनिन्छ ।

यो रोग भनेको डाक्टरहरुलाई समेत धेरै कुरा जानकारी नभएको रोग हो । यो रोग खासगरि हाडजोर्नीहरुबाट आरम्भ हुन्छ । निमोनिया, मेनेन्जाइटिस, टिभि रोग लागेका बिरामीहरुलाई ज्वरोबाट बाथरोगका लक्षण देखिा पर्छन् । त्यसै गरि हजार वटै बाथरोगहरु हाड जोर्नीबाटै सुरु हुन्छन् । महिलाहरुलाई एसिली भन्ने बाथरोग लाग्छ, त्यसको आरम्भ पनि जोर्नीबाटै हुन्छ । पछि मृगौलामा असर गर्छ । पछि मुटुमै पनि असर गर्छ । अर्काे गठिया बाथ भन्ने हुन्छ, त्यो पनि होड जोर्नीबाटै सुरु हुन्छ । यो अवस्थामा अर्थोपेडिक कहाँ जाने चलन छ । आँखा, दिमाग, मुटु जहाँ कहीँ बाथरोगले हिट गर्न सक्छ ।

साधारण भाषामा रगत बाक्लो हुने बाथरोग पनि हुन्छ । यो चाँही कलिलो उमेरका महिलाहरुलाई लाग्छ । लगातार गर्भपतन गराउनेहरुलाई पनि चाँडो बाथरोग लाग्न सक्छ । एउटा अध्ययनमा हामीले ३० प्रतिशतमा बाथरोग लागेको देखेका थियौं । बाथरोग सेन्टरमा आएका एक जना बिरामीमा फोक्सोको समस्या रहेछ, उहाँलाई डाबिटिज पनि भएको रहेछ । तर उहाँलाई खासमा बाथरोग भएको रहेछ ।



नागरिकले कसरी पत्ता लगाउने रोग ?
प्राय जसो बाथरोग जोर्नीबाट सुरु हुन्छ । त्यसकारण जोर्नीहरुमाथी आउने स साना समस्यामा पनि हामी सचेत हुनुपर्छ । सामान्यतयाः मान्छे दौडिँदा जोर्नी दुख्छ र आराम गर्दा ठिक हुन्छ । तर बाथरोगका लक्षणहरु देखा पर्न थालेका हुन भने दौडिँदा दुख्दैन तर आराम गर्न थालेपछि भने जोर्नीमा दुख्छ । अर्थात जति आराम गर्यो त्यति नै जोर्नीहरु दुख्छ । राति सुतेर बिहान उठ्दा कम्मर दुख्ने वा जाम हुने, हात खुट्टा दुख्ने, सुन्निने, जाम हुने जस्ता लक्षणहरु बाथ रोगका हुन् ।

उमेरका महिलाहरुमा एक ठाउँमा मात्रै कपाल झर्ने, घाममा जाँदा अनुहार टल्किने, रगतहरुको कमी हुने जस्ता लक्षण देखा पर्छन् । खासमा बाथरोग अन्य रोगहरुसँग जोडिएर आउँछ । आँखा रातो हुन सक्छ, छालामा अनावश्यक कत्ला पर्न सक्छ ।  बाथरोगले कुनै उमेर समुहलाई मात्रै दुःख दिन्छ भन्ने छैन् । यो जुनसुकै उमेरका मान्छेलाई लाग्न सक्छ । यो बंशाणुगत पनि हुन्छ । १० वर्षकी एक जना बहिनीलाई पखाला लाग्यो, त्यसको एक हप्तापछि गोडा सुन्निएछ, खासमा उनलाई बाथरोग लागेको रहेछ । यसले आँखामा पनि समस्या ल्याउन सक्छ । भर्खर जन्मेका बच्चादेखि वृद्धसम्मलाई यो रोग लाग्छ । धुम्रपान गर्नेहरुलाई चाँही यसको धेरै जोखिम हुन्छ ।

नेपालमा छैन पढ्ने सुविधा
नेपालमा बाथरोग अर्थात र्युमेटोलोजी पढाई हुन्न । बिशेषज्ञहरुको पनि कमी छ । अहिले पाटन अस्पतालले बाथरोग पढाउन थालेको भन्ने सुनेको छु । यो बंशाणुगत पनि हुन्छ । पहिलो पुस्ताबाट दोश्रो पुस्तामा बाथरो लाग्ने सम्भावना ७ प्रतिशत हुन्छ । बाउबाट छोरामा सर्यो भने नातिमा सर्ने सम्भावना १२ प्रतिशत हुन्छ ।

जोगिने उपाय
जीवनयापनको शैलीलाई व्यवस्थापन गर्नु नै बाथरोगबाट जोगिने सरल उपाय हो । मोटोपन घटाउनु यसलाई रोक्ने सबै भन्दा सरल उपाय हो । ३० मिनेटदेखि ४५ मिनेट शारिरिक अभ्यास गर्नुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ । प्रदुषणबाट बच्नुपर्छ । युरिक एसिडको १० प्रतिशत कारण मात्रै खानपान हो । ९० प्रतिशत शरिर भित्रै बन्ने हो । कोलेस्टेरोल पनि कम गर्नुपर्छ । धुम्रपानलाई पुर्णतः रोक्नुपर्छ । जाडो महिनामा बाथरोगको संक्रमण धेरै हुन सक्छ ।

नेपालमा हातमा गन्न सकिने संख्यामा मात्रै बाथरोगका डाक्टरहरु छन् । काठमाडौँमा १० जना त्यस्ता विशेषज्ञ छन् । उपत्यका बाहिर त छदैँ छैन् । बाथरोग सेन्टर, बिर अस्पताल, वयोधा अस्पताल लगायतमा यसको राम्रो उपचार हुन्छ ।   मैले १५० जनाको उपचार गर्दा ३० प्रतिशत मान्छे बाथरोगी भेटिएका थिए । यसको अर्थ ३० प्रतिशत नागरिकमा बाथरोगको संक्रमण रहेको भन्न सकिन्छ ।

अब के गर्ने ?
अब बाथरोग रोकथामका लागि राष्ट्रिय अभियान नै चलाउनुपर्छ । बाथ रोग सम्बन्धी जन चेतनामा साहै्र कमि रहेको देखिन्छ । हामीले अस्पतालहरुमा, स्कुलहरुमा बाथरोग सम्बन्धी चेतना मुलक कार्यक्रम गर्नुपर्छ । जन जनमा चेतना बाढ्नुपर्छ । दक्ष जनशक्तिको संख्या बढाउनुपर्छ, उपचार पद्धति राम्रो बनाउनुपर्छ । राम्रा अस्पतालहरु खोलिनुपर्छ । गाउँ गाउँमा उपचारको जिम्मेवारी लिएका हेल्थ एसिसटेन्टहरुलाई बाथरोगबारे तालिम दिनुपर्छ । लोहनी क्लिनिकल फेलोशिप इन र्युमेरोलोजी(बाथ रोग विशेषज्ञ हुन् )

Advertisement

Advertisement

Advertisement