सेयर बजारमा झण्डै आठ अंकको सुधार, कारोबार बढ्न सकेन

Advertisement

काठमाडौं । आज साताको चौँथो दिन बुधबार पनि सेयर बजारको सामान्य सुधार जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से सात दशमलव ७९ अंकले बढेर एक हजार १४२ दशमलव ६० कायम भयो भने कारोबार रकम १६ करोड ३७ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा प्रभु बैंक अगाडी रहेको छ । जसको कारोबार दुई करोड ७२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । जसको कारोबार एक करोड ४६ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज हाइड्रोपावर, होटल र म्युचल फण्ड समूहको सुचकमा एक प्रतिशतभन्दा बढी अंकको सुधार आएको छ भने बाँकी सबै समूहका सुचकमा शुन्य प्रतिशतभन्दा बढीको सुधार आएको छ । आज सबै समूहको सुचकमा हरियाली नै देखिएको छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ता अगाडि छन् । कम्पनी ५.९८ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, घाटा खानेमा दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । हाइड्रोपावर पाँच दशमलब ३५ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement