गगन थापा भन्छन्– सरकारले गतिलो काम नगर्दा प्राप्त उपलब्धी गुम्न लाग्यो

Advertisement

काठमाडौं । काँग्रेसका युवा नेता गगन थापाले सरकारले गतिलो काम नगर्दा प्राप्त उपलब्धीहरु गुम्न लागेको भन्दै चिन्ता जनाएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंकको कार्यक्रममा बुधबार उनले जनताले संवृद्धि र विकासको अपेक्षा राखे पनि सरकारले त्यसलाई सम्बोधन गर्न नसकेको भन्दै जसका कारण प्राप्त राजनीतिक उपलब्धीहरु गुम्न लागेको बताए ।

थापाले दुईतिहाई बहुमतको सरकार भए पनि केपी ओली नेतृत्वको वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन नसकेको टिप्पणी गरे । उनले भने, ‘सरकारको खर्च, राजश्व संकलन, वैदेशिक लगानीलगायतका सुचकहरु हेर्दा सुत्साहित हुने कुनै ठाउँ नै छैन् ।’

मुलुकको संवृद्धिका लागि दुई दशकसम्म नौ प्रतिशतसम्मको दिगो आर्थिक वृद्धिदर जरुरी रहेको थापाको भनाई छ । उनले राष्ट्र बैंकको स्वायत्तता कटौती हुँदै गएको भन्दै चिन्ता जनाए ।

राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले संस्थाको उन्नतीका लागि युनियनहरुले रचनात्मक सहयोग गर्नुपर्ने खाँचो औंल्याए । अर्का डेपुटी गर्भनर शिवराज श्रेष्ठले राष्ट्र बैंक विशिष्ठ उद्देश्य लिएको संस्था हो भन्दै बैंकले अबलम्बन गरेको नीतिका कारण वित्तीय क्षेत्रमा उल्लेख्य सुधार भएको दावी गरे ।

Advertisement

Advertisement

Advertisement