तयार भयो चितवनमा बन्ने गौतम वुद्ध क्रिकेट रंगशालाको डीपीआर, २ अर्ब ६० लाख खर्च हुने

Advertisement

काठमाडौं । चीतवनमा निर्माण हुने गौत्तम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको बिस्तृत गुरु योजना(डीपीआर) तयार भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको नेपालको पहिलो अन्तर्राष्ट्रिय रंगशालाको डिजाइन तयार भएको हो ।

डीपीआर माथी छलफल गर्न भरतपुर महानगरपालिकाको कार्यालयमा सम्पुर्ण राजनितिक दल,माननिय सासद,स्थानीय जनप्रतिनिधिहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरुसँग छलफल पनि सम्पन्न भएको छ । 'हामी सम्बन्धित मन्त्रालय,खेलकुद परिषद,नेपाल क्रीकेट संघमा समेत डीपीआर प्रस्तुति गर्नेछौ। र त्यस पश्चात थप आएका सल्लाह सुझाबको आधारमा डीपीआरलाई फाईनल रुप दिनेछौ। रंगशाला निर्माणको लागि गठित प्राबिधिक समितिको निर्देशनमा क्रीयटिभ डिजाइन आर्किटेक प्रा लिको नेतृत्वमा ईन्डियन र अमेरिकन कन्सलटेन्सिको सहकार्यमा तयार भएको समेत जानकारी गराउदछु।', धुर्मश सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुशले भनेका छन् ।

३० हजार दर्शक अटाउने क्षमताको रंगशाला निर्माणका लागि भ्याट बाहेक दुई अर्ब ६० करोड रुपैयाँ खर्च हुने डीपीआरमा उल्लेख छ । ७० मिटर रेडियसको मैदानमा पाँचवटा पिच हुने छन् । यसको डीपीआर क्रिएटिभ डिजाइन आर्किटेक प्रालिले तयार पारेको हो । अब आर्थिक स्रोत जुटेमा आउँदो १८ महिनाभित्र संरचना बनाएर सक्ने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

Advertisement

Advertisement

Advertisement