खारेजीमा परेपछि पनि म्यानपावर कम्पनीले ठग्न छोडेनन्

Advertisement

काठमाडौं । वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ । विभागको सूचीबाट खारेजीमा परेको कामपा¬–४ चप्पलकारखानास्थित सि लिङ्क ओभरसिज सर्भिस प्रालिबाट ५२२ वटा राहदानी जफत भएसँगै खारेजीमा परेको म्यानपावरेल यससँग सम्बन्धित काम गरिरहेको पाइएको हो ।

सो म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको, सक्कल राहदानी र रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा विभागको टोलीले अनुगमन गर्दा उक्त तथ्य फेला परेको हो । उजुरी परेपछि विभागले मङ्गलबार सो म्यानपावरमा शिलबन्दी गरेको थियो । विभागको टोली, म्यानपावरका कर्मचारी, महानगरपालिका वडा न ४ का वडा सदस्य, घरधनी र सुरक्षाकर्मीको रोहवरमा बुधबार शिलबन्दी खोलेर अनुसन्धान गर्दा वैदेशिक रोजगारसँग सम्बन्धित काम गरिरहेको पाइएको हो ।

वैदेशिक रोजगारमा पठाइ दिने भन्दै सयौँ व्यक्तिसँग रकम र राहदानी सङ्कलन गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको विभागले जनाएको छ । विभागको टोली म्यानपावर कम्पनीमा पुग्दा सयौँको सङ्ख्यामा पीडितहरु आफूहरु ठगिएको भन्दै म्यानपावर कार्यालय पुगेका थिए । खारेजीमा परेर पनि वैदेशिक रोजगारसँग सम्बन्धित कामकारबाही गरेको पुष्टि भए कारबाही हुने विभागले जनाएको छ । विभागले यसअघि पनि खारेजीमा परेको म्यानपावरलाई वैदेशिक रोजगारसँग सम्बन्धित कामकारबाही नगर्न सचेत गराउँदै आएको थियो ।

Advertisement

Advertisement

Advertisement