धितोपत्र बोर्डको नयाँ अध्यक्षबारे लगानीकर्ताले मुख खोले, कस्तो मान्छे चाहान्छन् ?

Advertisement

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष नियुक्तबारे सेयर बजारका लगानीकर्ताहरुले मुख खोलेका छन् । लगानीकर्ताहरुको दुई वटा संगठनका नेताले विज्ञप्ति नै निकालेर बोर्ड अध्यक्षको नियुक्तीबारे संस्थागत धारणा सार्वजनिक गरेका हुन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटोलाल रौनियार र सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले विज्ञप्ति निकालेका हुन् । उनीहरुले पुँजी बजार बुझेका विज्ञ व्यक्तिलाई मात्रै बोर्डको अध्यक्ष नियुक्ती गर्नुपर्नेमा जोड दिएका छन् ।

अर्थतन्त्रको ऐनाका रुपमा रहेको पुँजी बजार पछिल्लो केहि समयदेखि निरन्तर ओरालो लागिरहेको अवस्थामा बजार बुझेका विज्ञलाई बोर्ड अध्यक्ष नियुक्त गरेर लगानीकर्ताको मनोबल उच्च पार्न पनि उनीहरुले अर्थमन्त्रीसँग आग्रह गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement