सिटिजन्स बैंकले ३ महिनामा कमायो २१ करोड नाफा, अरु सूचक कस्ता ?

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले ३ महिनामा २१ करोड नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार वितरण योग्य नाफा २१ करोड ३ लाख देखिएको हो ।

सिटिजन्सले साउन मसान्तदेखि असोज मसान्त अवधीमा ७२ अर्ब ४३ करोड निक्षेप संकलन गर्न सफल भएको देखिन्छ भने कर्जा लगानी ६७ अर्ब ५५ करोड कर्जा लगानी प्रवाह गरेको देखिन्छ । ८ अर्ब ६२ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब ९५ करोड रुपैंया रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी १६.२० रुपैंया रहेको छ भने प्रति सेयर नेटवर्थ १३७.१८ रुपैंया रहेको छ । आधार ब्याजदर १०.७५ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने ४.१६ प्रतिशत रहेको छ । खराब कर्जा ०.९८ प्रतिशत रहेको बैंकको कस्ट अफ फण्ड भने ८.३० प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement