महालक्ष्मी विकास बैंकको साधारणसभा कात्तिक २९ गते, १७.८९ प्रतिशत लाभांश प्रस्ताव

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले १७.८९ प्रतिशत लाभांश प्रस्तावसहित कात्तिक २९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा अल इन वान मार्ट क्राउन बैंक्वेट, मिनभवन काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बैंकले आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट ८ प्रतिशत बोनस र ९.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

बैंकले २२ करोड ७५ लाख ६० हजार ९८ रुपियाँ बराबरको बोनस सेयर र २८ करोड १४ लाख ५५ हजार ९११ रुपियाँ बराबरको नगद वितरण गर्नेछ । बैंकको साधारण सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

अन्य कुनै बैंकसँग गाभ्ने र गाभिने प्रकृयाको लागि सञ्चलक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ। आर्थिक वर्ष २०७६।०७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, नाफानोक्सान सम्बन्धी छलफल गर्नेलयायतको एजेण्डा रहेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांस कात्तिक २० गतेसम्म कायम सेयरधनीहरुले प्राप्त गर्नेछन्। साधारणसभा प्रयोजनका लागि कात्तिक २० गतेदेखि २९ गतेसम्म बुक क्लज गर्ने बैंकले जनाएको छ।

Advertisement

Advertisement

Advertisement