माधव नेपालको प्रस्तावः एक नम्बर प्रदेशको नाम 'कोशी'

Advertisement

काठमाडौं । नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले १ नम्बर प्रदेशको नाम कोशी राख्न सुझाव दिउका छन् । इटहरीमा आयोजीत शुभकामना आदान प्रदान कार्यक्रममा बरिष्ठ नेता नेपालले एक नम्बर प्रदेशको नाम कोशी भन्दा अर्काे उपयुक्त हुनै नसक्ने पनि स्पष्ट पारेका हुन् ।

उनले प्रदेशको विकास र समृद्धिको अभियानमा लाग्नु पर्ने समयमा नाम राख्नै नसक्ने कुरा ठिक नभएको पनि बताएका थिए । उनले कुनै दुविधामा नपरि कोशी प्रदेश नामाकरण गरेर अघि बढ्न प्रदेश सभालाई आग्रह पनि गरे । माधव नेपालको यहि खुलासाका कारण अब प्रदेश नम्बर १ को नाम कोशी रहन सक्ने देखिएको छ ।

Advertisement

Advertisement

Advertisement