निवर्तमान सभामुख महरालाई अदालत लगिँदै, थुनछेक बहस आज

Advertisement

काठमाडौं । बलात्कारको आरोपमा आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज बिहीबार थुनछेक बहसको लागि अदालतमा उपस्थित गराइने भएको छ । आज उक्त थुनछेक बहसबाट महरा धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ ।

संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो ।

तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक ७ कात्तिकमा थप सात दिनको म्याद थप गरेको थियो ।

Advertisement

Advertisement

Advertisement