प्रभु बैंकका लगानीकर्तालाई १६.८४ प्रतिशत बोनस सेयर

Advertisement

काठमाडौं । प्रभु बैंकका लगानीकर्ताले १६.८४ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर सम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

प्रभुले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । बोनस सेयर वापत लाग्ने करका लागि थप ०.८४२१ प्रतिशत रकम पनि दिने निर्णय बैंक सञ्चालक समिति बैठकले गरेको थियो ।

बैंकले १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९ सय ५३ रुपैंया बराबरको बोनस सेयर वितरण गर्न अनुमति पाएको हो । त्यस्तै, कर प्रयोजनका लागि ७ करोड ४८ लाख ८५ हजार ६ सय ८२ रुपैंया पनि बैंकले खर्च गर्नेछ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७ सय ६ रुपैंयाँ रहेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७५।७६ को नाफाबाट सो मात्रामा लाभांश वितरण गर्न लागेको हो । बैंकले आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्तालाई सो बोनस वितरण गर्नेछ ।

Advertisement

Advertisement

Advertisement