जनकपुरमा मुख्यमन्त्रीसँगै योगेश भट्टराई झाडु बोकेर उत्रिए सरसफाईमा

Advertisement

काठमाडौं । प्रदेश न. २ को राजधानी जनकपुरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई हातमा झाडु बोकेर शहर सरसफाईमा निस्किएका छन् ।

बिहिबार बिहानै प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतलाई सँगै लिएर योगेश भट्टराई सडक तथा ताल तलैया सरसफाईमा जुटेका हुन् । सरकारले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आज १ बजे देखी ४ बजे सम्म जनकपुरको तिरहुतिया गाछीमा बिशेष कार्यक्रमको आयोजना गर्दैछ ।

सरकारले छठ पर्व र भ्रमण बर्ष २०२० लाई जोडेर प्रदेश न. २ को पर्यटन मन्त्रालयसँग मिलेर शुभकामना आदान प्रदान तथा भ्रमण बर्ष प्रवद्र्धन कार्यक्रम अयाोजना गरेको हो ।



Advertisement

Advertisement

Advertisement