ग्लोबल आइएमई र जनता बैंकले मर्जरका लागि बोलाए साधारणसभा, स्वाप रेसियो कति ?

Advertisement

काठमाडौं । मर्जरमा जाने सहमती गरिसकेका ग्लोबल आइएमई र जनता बैंकले एकै दिन वार्षिक साधारणसभा डाकेका छन् । दुबै बैंकले मंसिर २ गते मर्जरको मुख्य एजेण्डासहित छुट्टाछुट्टै साधारणसभा आह्वान गरेका हुन् ।

उक्त सभाले मर्जरको विषयलाई अन्तिम रुप दिनेछ । ग्लोबल आइएमई बैंकको १३ औं साधारण सभा प्रज्ञा प्रतिष्ठान कमलादी र जनता बैंकको १०औं साधारणसभा आर्मि अफिसर्स क्लब भद्रकालीमा हुनेछ ।

उक्त स्वाप रेसियोअनुसार आइएमइ बैंकको १०० कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता हुनेछ। दुबै बैंकले मंसिर २ गते साधारणसभा डाकेका छन् । ग्लोबल आइएमईले गत आर्थिक वर्षको नाफाबाट १२.७५ प्रतिशत नगद लाभांस र १२.७५ प्रतिशत नै बोनस सेयर दिने प्रस्ताव साधारणसभा पेस गर्ने भएको छ।

ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा जनता बैंकले ६ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभाको अर्को एजेन्डा हुनेछ ।

ग्लोबलले १५ अर्ब रुपियाँको अधिकृत पूँजी बृद्धि गरि २५ अर्ब रुपियाँ कायम गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्नेछ। ग्लोबलको बोनस सेयरपछि चुक्ता पूँजी ११ अर्ब ६२ करोड रुपियाँ र जनताको ८ अर्ब ४८ करोड रुपियाँ पुग्नेछ। जनतासँगको मर्जरपछि भने १८ अर्ब ८३ करोड रुपियाँ पुग्नेछ।

Advertisement

Advertisement

Advertisement