भक्तपुरमा साझा पार्टीको उम्मेदवार २८ वर्षिय सुरज प्रधान, चुनाव जिते सबै तलब सामाजिक काममा खर्चने

Advertisement

काठमाडौं । साझा पार्टीले भक्तपुरको क्षेत्र नम्बर १(क) प्रदेश सभा निर्वाचनका लागि २८ वर्षिय सुरज प्रधानलाई उम्मेदवार घोषणा गरेको छ । पार्टीको जिल्ला संयोजक समेत रहेका प्रधानलाई प्रदेश सभामा उम्मेदवार बनाउने निर्णय भएको साझा पार्टीका प्रवक्ता सुर्यराज आचार्यले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

प्रधान भक्तपुरमा वातावरणमैत्री इँटा उद्योगीका रुपमा क्रियाशिल रहेका छन् । उम्मेदवार बनेका प्रधानले पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानले निर्वाचित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

Advertisement

Advertisement

Advertisement