सुदेश पराजुलीले जन्म दिनमा गरे जीवन शर्मालाई आर्थिक सहयोग

Advertisement

काठमाडौं । अनेरास्ववियुका पुर्व सचिव तथा चर्चित विद्यार्थी नेता सुदेश पराजुलीले आफ्नो जन्म दिनका अवसरमा जनवादी गायक जीवन शर्मालाई आर्थिक सहयोग गरेका छन् । नेता पराजुलीले जन गायक शर्माका छोराको उपचारका लागि आफ्नो जन्म दिनका अवसर पारेर नगद १० हजार रुपैंया सहयोग गरेका हुन् ।

पराजुलीले जनताका गायकको परिवारलाई जोगाउनु नागरिकको कर्तव्य भएकोले आर्थिक सहयोग गरेको बताए । 'पुरै जीवन जनताका लागि गीत गाएर बिताएका जन गायकको परिवार यतिबेला आर्थिक संकटमा छ, उनको परिवारको समस्यामा नागरिकले सहयोग गर्नु पर्छ, मैले पनि आफ्नो कर्तव्य सम्झेर सहयोग गरेको हुँ', पराजुलीले भने ।

उनले पछिल्ला केहि वर्षदेखि आफ्नो जन्म दिनमा कुनै न कुनै क्षेत्रका असहायहरुलाई आर्थिक सहयोग गर्दै आईरहेका छन् ।

Advertisement

Advertisement

Advertisement