तिहारपछिको सेयर बजार ३.१७ अंकले ओरालो, कारोबार रकम २५ करोडमा सीमित

Advertisement

काठमाडौं । आज तिहारपछिको सेयर कारोबार गर्ने साताको अन्तिम दिन बिहीबार नेप्से ओरालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से तीन दशमलव १७ अंकले घटेर एक हजार १४६ दशमलव १७ कायम भयो भने कारोबार रकम २५ करोड ४३ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा प्राइम कमर्शियल बैंक प्रमोटर सेयर अगाडी रहेको छ । जसको कारोबार छ करोड तीन लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा मेगा बैंक रहेको छ । जसको कारोबार दुई करोड २२ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज होटल, विकास बैंक, उत्पादनमूलक समूह र अन्य समूहका सुचकमा शुन्यभन्दा बढी प्रतिशतको गिरावट आएको छ भने म्युचल फण्ड समूहको सुचकमा दुई प्रतिशतभन्दा बढी अंकको गिरावट आएको छ । त्यस्तै, बाँकी सबै समूहका सुचकमा शुन्य प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा ग्लोबल आइएमई लघुवित्त कम्पनीका लगानीकर्ता अगाडि छन् । कम्पनी ७.७५ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, घाटा खानेमा नबिल इक्विटी फण्डका लगानीकर्ता रहेका छन् । फण्ड पाँच दशमलब ९.९३ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement