सनराइज बैंकको १२औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । सनराइज बैंक लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  प्रस्तावित १५.८० प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १२औं वार्षिक साधारण सभाले सेयरधनीलाई प्रस्तावित १० प्रतिशत बोनस र ५.८० प्रतिशत नगद (बोनस सेयर र कर प्रयोजनको लागि) गरी जम्मा १५.८० प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

हाल कायम चुक्तापूँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार रुपियाँको आधारमा बैंकले लाभांश पारित गरेको हो । बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि कात्तिक १ गते बुक क्लोज गरेकाले असोज ३० गतेसम्म कायम सदस्यहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पँजीको उक्त लाभांश वितरण गर्नेछ । आठ अर्ब १५ करोड रुपियाँ रहेको बैंकको चुक्ता पुँजी १० प्रतिशत बोनस पछि आठ अर्ब ९६ करोड रुपियाँ नाघेको छ ।

यस बैंकले सातवर्षे अवधिको वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्रमध्य १२ लाख कित्ता ऋणपत्र कात्तिक २४ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला गर्दैछ ।

त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति गराउने सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गरेको छ।

Advertisement

Advertisement

Advertisement