चीनमा शुक्रबारबाट फाइभजी सेवा सुरु

Advertisement

चीन । चिनियाँ सरकारी टेलीकम कम्पनीले शुक्रबारबाट फाइभजी सेवा सुरु गर्ने भएको छ। चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले यो सेवा सुरु गर्न लागेका हुन्।

फाइभजी सेवा दिने तीनवटै कम्पनीले आफ्नो वेवसाइटमा मूल्य पनि सार्वजनिक गरेका छन् । सबैभन्दा तिव्र गतिको भनिएको फाइभजी सेवा चलाउनको लागि १ जिविपिएसको प्रतिमहिना ४५ अमेरिकी डलर पर्ने बताइएको छ।

यो सेवा अहिले प्रयोग गरिरहेको सेवा भन्दा १ सय २८ युआन प्रतिमहिना सस्तो हुने सेवा प्रदायक कम्पनीको दाबी छ।

शुक्रबार देखि नै चिनियाँ प्रयोगकर्ताले सबैभन्दा तिब्र गतिको यो सेवा प्रयोग गर्न सक्नेछन्। तर, यो सेवा आजबाटै देशैभरि भने पाइने छैन।

चिनियाँ सरकारी टेलिकम कम्पनीकाअनुसार यो सेवा एक वर्षमा ५० हजार चिनियाँ सहरका ५० हजार आधार स्टेशनमा पुर्याउने योजना छ।

साओमीदेखि हुवावे जस्ता चिनियाँ कम्पनीले पनि चाडैं फाइभजी सेवा सुरु गर्ने बताएका छन्।

अहिलेसम्म दक्षिण कोरिया, अष्ट्रेलिया तथा अमेरिकाको केही भागमा मात्रै फाइभजीको सेवा परीक्षणको रुपमा संचालनमा छन्।

चीनले शुक्रबारबाट यो सेवा सुरु गरेपछि अहिलेसम्मकै सबैभन्दा ठुलो व्यवसायिक सेवा बन्नेछ।

Advertisement

Advertisement

Advertisement