फेसबुकको नाफामा ११ प्रतिशतको वृद्धि

Advertisement

एजेन्सी । फेसबुकले सन् २०१९ को तेस्रो त्रैमासमा ६ अर्ब ९ करोड डलर नाफा कमाएको छ । फेसबुकले सन् २०१८ फेसबुकको नाफा ६ अर्ब ८८ करोड डलर नाफा गरेको थियो । उक्त नाफा गत वर्षकोसोही अवधिको तुलानामा १९ प्रतिशत धेरै हो ।

यस अवधिमा फेसबुकको आम्दानी २९ प्रतिशतले बढेर १७ अर्ब ६५ करोड डलर पुगेको छ । योसँगै जुलाई-सेप्टेम्बर त्रैमासमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या ९ प्रतिशतले बढेर एक अर्ब ६२ करोड डलर पुगेको छ ।

एशियामा फेसबुकका प्रयोगकर्ताहरु बढेसँगै आम्दानी ३५ प्रतिशतले बढेको छ । उत्तर अमेरिकाबाहेक अन्य क्षेत्रमा फेसबुकका मासिक प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । एसिया प्यासिफिक क्षेत्रमा सबैभन्दा बढी सक्रिय प्रयोगकर्ताको संख्या बढेको छ ।

२०१८ को अन्तिम तीन महिनामा फेसबुकका केही कमजोरीहरु सार्वजनिक भए पनि यसले नाफामा भने खासै असर नगरेको पाइएको छ ।

Advertisement

Advertisement

Advertisement