सेयर बजार ओरालो लाग्ने क्रम जारी, धेरै घाटा व्यहोर्नेमा मेगा बैंकका लगानीकर्ता

Advertisement

काठमाडौं । आज साताको पहिलो दिन आइतबार पनि सेयर बजार ओरालो लाग्ने क्रम जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से छ दशमलव ८८ अंकले घटेर एक हजार १३९ दशमलव २९ कायम भयो भने कारोबार रकम पनि घटेर १७ करोड ५५ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा प्रभु बैंक प्रमोटर सेयर अगाडी रहेको छ । जसको कारोबार एक करोड ५२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा देभ विकास बैंक प्रमोटर सेयर रहेको छ । जसको कारोबार एक करोड ४३ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज म्युचल फण्ड समूहका सुचकबाहेक सबै समूहका सुचक राताम्मे छन् । म्युचल फण्ड शुन्य दशमलब एक प्रतिशतले उकालो लागेको छ भने उत्पादन मूलक समूहको सुचक एक प्रतिशत भन्दा बढीले ओरालो लागेको छ । होटल, विकास बैंक अन्यलगायतका समूहको सुचकमा शुन्यभन्दा बढी प्रतिशतको गिरावट आएको छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ता अगाडि छन् । फण्ड ४.५२ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, घाटा खानेमा मेगा बैंकका लगानीकर्ता रहेका छन् । बैंक ५.४४ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement