डेपुटी गभर्नर शिबराज श्रेष्ठमाथी छानबिन समिति गठन, परे स्वतः निलम्बनमा

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले डेपुटी गभर्नर शिबराज श्रेष्ठमाथी छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ ।

सोमबार बिहानै बसेको सञ्चालक समिति बैठकले सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।

राष्ट्र बैंकका एक सञ्चालकले दिएको जानकारी अनुसार पौडेल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनका आधारमा श्रेष्ठमाथीको कारवाहीबारे निर्णय हुनेछ । छानबिन समिति बनेसँगै डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेका छन् ।

मन्त्रिपरिषदले नै श्रेष्ठले वित्तिय स्थायीत्व र संस्थागत सुशासन लगायतका विषयमा गम्भिर त्रुटी गरेको भन्दै छानविन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।

एनसेल लाभांश प्रकरण तथा व्यवसायी अजेयराज सुमार्गीको पैसा ल्याउने निर्णयमा श्रेष्ठले गलत काम गरेको सरकारको आरोप छ ।

Advertisement

Advertisement

Advertisement