काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ७१ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ७१ हजार रुपियाँ कायम भएको हो ।
आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार सात सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ रुपियाँ कायम गरेको छ ।
त्यस्तै, चाँदीको मूल्य ८७० रुपियाँमा नै कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७४६ रुपियाँ कायम गरेको छ ।