नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता २७५ रुपियाँमा २९ हजार कित्ता संस्थापक सेयर लिलामीमा

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर प्रतिकित्ता २७५ रुपियाँमा लिलामीमा आएको छ । बैंकले कात्तिक २१ देखि २८ गतेसम्म २९ हजार ३८० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

बैंकको २९ हजार ३८० कित्ता संस्थापक सेयर न्युनतम २७५ तोकी बढाबढ मूल्यमा बिक्रीमा राखिएको हो । यस सेयरको अंकित मूल्य भने प्रतिकित्ता १०० रुपियाँ मात्र हो ।

आवेदकले सोही मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । न्यूनतम ३ हजार कित्तादेखि अधिकतम सबै कित्तका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । सबै सेयर किन्नको लागि कम्तिमा ८१ लाख रुपियाँ लगानी गर्नुपर्नेछ ।

हाल यस बैंकको पब्लिक सेयर प्रतिकित्ता ४४० रुपियाँमा कारोबार भईरहेको छ । सामान्यतया साधारण सेयर भन्दा संस्थापक सेयरको मूल्य ४० देखि ५० प्रतिशत कम मूल्यमा कारोबार हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement