प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउण्टर झापाको जिल्ला प्रशासन कार्यालयमा

Advertisement

काठमाडौं । प्रभु बैंकले झापाको भद्रपुरनगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। झापास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन्।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले १ सय ९६ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ सेवामार्फत बैंकिङग सेवा प्रवाह गरिरहेको छ।

Advertisement

Advertisement

Advertisement