‘छ माया छपक्कै’ले एक महिनामामै कमायो १२ करोड

Chhamaya-chhapakkai

काठमाडौं । गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनले चौथो सातामा प्रवेश गर्दा १२ करोड रुपियाँ आम्दानी गरेको छ । राजनीति विषयलाई हाँँस्य व्याङ्ग्यात्मक ढङ्ले प्रस्तुत गरेकाले फिल्म चल्न सफल भएको हो ।

फिल्मले एकसाता पनि राम्रो व्यवसाय गर्न नसकिएको वर्तमान समयमा ‘छ माया छपक्कै’ ले भने प्रदर्शनको चौथो साता पार गर्न सफल भएको छ ।
यसले पनि रिलिजकै दिन एक करोड ४७ लाख कमाएको वितरकको भनाइ छ।

‘छ माया छपक्कै’मा दीपकराज गिरी, केदार न्यौपाने, जितु नेपाल, केकी अधिकारी लगायत कलाकारको मुख्य भूमिका छ।