ग्लोबल आइएमई लघुवित्तले ३५ प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले आफ्नो सातौँ वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिको बैठक पछि कम्पनीले मंसिर ९ गते गेटवे हिमालयन रिसोर्ट बेसिशहरमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गतेबाट बुक क्लोज गर्नेछ । यसअनुसार कार्तिक २४ गते आइतबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन्। उक्त सभा मार्फत लघुवित्तले ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्नेछ ।

साधारणसभा बाट नै कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन, मर्जर प्राप्तीका लागि सञ्चालक समितिलाई अख्तियारी, लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

Advertisement

Advertisement

Advertisement