महानगरीय ट्राफिक प्रहरीले चोरी भएका २२ मोटरसाइकल फेला पारी धनीलाई फिर्ता गर्यो

Advertisement

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ वटा मोटरसाइकल र एक होण्डा विर्यो कार फेला पारी सम्वन्धित घरधनीलाई जिम्मा लगाएको छ ।

महाशाखाले उपत्यकाका वसन्तपुर, कोटेश्वर, नैकाप, थापागाउँ, स्वयम्भू, टिचिङ, गंगबु चोक, सामाखुशी, बानेश्वर पेप्सीकोला, पाटन, लुभु, धोबिघाट, इमाडोल, बालकुमारी, भुल्ढोका, मानभवनलगायतका स्थानबाट हराएका मोटरसाइकल खोजी सोमबार सम्वन्धित धनीलाई जिम्मा लगाएको हो ।

मोटरसाइकल प्राप्त गर्नेहरुमा राम थापा, गणेश खकुरेल, अटुल महर्जन, नवराज डंगोल, संजय बोहोरा, सुभाष कुमार श्रेष्‍ठ, राम प्रसाद गौतम, हिराकाजि महर्जन, बेसिक गौतम, रुपक शाक्य, सुर्य प्रकाश ठाकुर, किरण कुमार थापा, रोशन नगरकोटी, राकेश तामाङ, सुयोधन घिमिरे, रोण्डो तामाङ, अर्जुन राज सेढाई, सन्देश कार्की, सविना तामाङ, प्रताप घर्ती, सुर्य बहादुर थापा र शंकर सेन्चुरी छन् । त्यस्तै, बानेश्वरबाट हराएको मोतीबहादुर बस्नेतको बा १० च ८५२६ नं।को होण्डा विर्यो कार पनि जिम्मा लगाईएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले हराएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएका थिए । जथाभावी मोटरसाइकल राखेर हिँड्दा चोरी हुने गरेकाले सुरक्षित ठाँउमा पार्किङ गर्न मोटरसाइकल चालकलाई उनले सुझाव पनि दिए ।
महाशाखाले यो आर्थिक वर्षमा ९२ धनीको हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पक्राउ मुद्दा समेत चलाईसकेको छ ।

Advertisement

Advertisement

Advertisement