यस्तो आयो जनतासँग मर्जर अघि ग्लोबल आइएमईको ३ महिने रिपोर्ट, नाफा ७३ करोड

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले पहिलो ३ महिनामा ७३ करोड नाफा आर्जन गरेको छ । बैँकले आर्जन गरेको यो नाफा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकको भन्दा २० करोडले बढी हो । बैंकले आर्थिक वर्ष २०७५।७६ को पहिलो ३ महिनामा ५३ करोड नाफा आर्जन गरेको थियो ।

बैंकले असोज मसान्त अवधीमा वितरण योग्य नाफा भने २८ करोड ११ लाख रुपैयाँ आर्जन गरेको हो । बैंकले असोज मसान्त अवधीमा १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १८ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७८.३६ प्रतिशत पुगेको छ ।

९.४४ प्रतिशत आधार ब्याज दर रहेको बैंकको कष्ट अफ फण्ड ७.१३ प्रतिशत छ । बैंकको स्प्रेड दर भने सार्वजनिक गरिएको छैन् । बैंकको प्रति सेयर आम्दानी २८.८७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६५.७० रुपैयाँ छ ।

१० अर्ब ४३ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । ग्लोबल आइएमई र जनता बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।

Advertisement

Advertisement

Advertisement