इन्भेष्टमेणन्ट बैंक र युनियनपे कार्ड सेवा शुरू कार्ड तथा प्रोडक्टहरु प्रारम्भ गर्ने सहमति

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र नियनपे अन्तर्राष्ट्रिय कम्पनीबीच एनआईबिएल युनियनपे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र युनियनपेका अध्यक्ष चाय जियाङबोबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरू र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी युनियनपे डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदै छ भने क्युआर कोडमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ ।

नेपाल इन्भेष्टमेन्ट युनियनपे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement