कालंगा हाईड्रोपावरको सुरुङभित्र फँसेका चारैजना मृत फेला, कारण पोष्टमार्टमपछि मात्रै खुल्ने

Advertisement

काठमाडौं । बझाङको बुंगलमा निर्माणाधीन कालंगा हाईड्रोपावरको सुरूङभित्र फँसेका चारैजना मजदुर मृत अवस्थामा भेटिएका छन् । आइतबार सुरुङभित्र गएका ६ जनामध्ये चारजना सुरुङभित्रै फसेका थिए भने दुईजना बाहिर निस्कन सफल भएका थिए । स्थानीय टोलीले हाइड्रो पावरको सुरुङमा फँसेका उनीहरुलाई उद्धार गर्न नसकेपछि काठमाडौंबाट गएको टोलीले फँसेकालाई निकालेका हुन् ।

फँसेकामध्ये सुरुङमा फसेका दैलेख गुराँस नगरपालिका–३ का ३० वर्षीय महेन्द्र शाही, ३२ वर्षीय करन शाही र अछाम तुर्माखाँद गाउँपालिका–६ का २४ वर्षीय महेन्द्र साउँदको शव सोमबार निकालिएको थियो भने बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको शव आज मंगलबार निकालिएको हो ।

सुरुङ सफा गर्न ट्याक्टर सहित टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आईतबार दिउँसोबाटै सम्पर्क विहीन भएका थिए ।

१५ सय मिटर लामो सुरुङभित्र पसेका मजदुरको मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने जनाईएको छ । सुरुङभित्र अक्सीजनको अभावका कारण उनीहरुको ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

Advertisement

Advertisement

Advertisement