महासंघमा शेखरलाई रोक्ने च्याप्टरमा ब्रेक, चण्ढीराज ढकालले किन गरे ढिलाई ?

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बिधान संसोधन प्रक्रियामा ब्रेक लागेको छ । हाल बरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छालाई बिधान संसोधन गरेरै भएपनि अध्यक्ष बन्न नदिने प्रयास महासंघमा जारी थियो । महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अघिल्लो कार्यकालमा ल्याईएको थियो । सोही व्यवस्थाका आधारमा भवानी राणा महासंघ अध्यक्ष बनेकी थिइन् । तर सो व्यवस्थालाई परिमार्जन गरेर पुनः अध्यक्षमा निर्वाचन गराउने तयारी भएको थियो ।

महासंघले विशेष साधारण सभा कात्तिक २९ गतेका लागि तोकेको छ । विधान संसोधनका लागि महासंघका पूर्व अध्यक्ष तथा हालका बिशिष्ट सदस्य चण्ढीराज ढकालको नेतृत्वमा समिति नै बनेको थियो । समितिले बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने वर्तमान व्यवस्थालाई संसोधन गरेर पुनः निर्वाचनमा जानुपर्ने प्रस्ताव तयार गर्ने चर्चा थियो । तर संयोजकको जिम्मेवारी पाएका चण्ढीराज ढकालले हालसम्म विधान संसोधन प्रस्ताव नै तयार पारेका छैनन् ।

‘विधान संसोधन सम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी लिएका संयोजकले हालसम्म प्रस्ताव नै बुझाउनु भएको छैन्, संयोजकले प्रस्ताव नल्याएकाले थप प्रक्रिया अघि बढ्न सकिरहेको छैन्’, महासंघका एक पदाधिकारीले कर्पाेरेट नेपालसँग भने । उहिल्यै प्रस्ताव आएर संसोधनको प्रक्रिया अघि बढ्नुपर्ने थियो । तर पछिल्लो समय संयोजक ढकाल नै संसोधन रोक्न लागिपरेको आरोप लागिरहेको छ । संयोजक ढकाललाई फोन गर्दा उनले फोन उठाएनन् । विधान संसोधन समितिको बैठक शुक्रबार बस्ने तयारी छ ।

संयोजक ढकालले विधान संसोधन प्रस्ताव पेश गर्न ढिलाई गर्दा महासंघको राजनीतिले नयाँ मोड लिएको आंशका गरिएको छ । ढकाल र गोल्छाबीच विधान संसोधनलाई रोक्ने सहमति भैसकेको अनुमान महासंघभित्रै गर्न थालिएको छ । ‘विधान संसोधनका लागि न्वरनदेखिको शक्ति प्रयोग गरिरहेका संयोजकले प्रतिवेदन दिन ढिलाई गर्नुले भित्रभित्रै केहि पाकिसकेको संकेत गरेको छ, शुक्रबार प्रतिवेदन आउला भन्ने आपेक्षा छ’, महासंघका एक केन्द्रिय सदस्यले भने ।

विधान संसोधनका सवालमा विकसित भएका पछिल्ला घट्नाक्रमहरुले शेखर गोल्छालाई अध्यक्ष बन्न नदिने च्याप्टर क्लोज भएको आंकलन छ । शेखर गोल्छालाई अध्यक्ष बनाएर मात्रै बरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रक्रिया खारेज गर्न उपयुक्त हुने निष्कर्षमा अध्यक्ष भवानी राणा पनि पुगेकी छिन् । त्यसका अलवा महासंघका पूर्व अध्यक्षहरुले समेत विधान संसोधनको बिरोध गर्दै आएका छन् । निवर्तमान अध्यक्ष पशुपति मुरारकाले गोल्छालाई रोक्न कै लागि विधान संसोधन गर्न लागिएको भन्दै असहमति प्रकट गर्दै आएका थिए ।

मारवाडी समुदायलाई रोक्ने प्रयास
शेखर गोल्छालाई अध्यक्ष बन्न नदिँदा महासंघमा रहेका मारवाडी समुदाय भड्किने निष्कर्ष पछिल्लो समय निकालिएको थियो । गोल्छालाई जबरजस्ति रोक्दा सिंगो मारवाडी समुदाय महासंघबाट बाहिरिने संकेत देखिएपछि पुर्व अध्यक्षहरु पनि एक जुट भएका थिए । उनीहरुले महासंघलाई फुट्न नदिन गोल्छालाई अध्यक्ष बनाउनुपर्ने भन्दै दबाव दिँदै आएका थिए ।
महासंघ अध्यक्ष भवानी राणाले पनि विधानको जुन व्यवस्थाका आधारमा आफु अध्यक्ष बनेको हो, त्यो विधान अनुसार नै शेखरलाई पनि अध्यक्ष बनाउनुपर्ने र त्यसपछि मात्रै संसोधन गर्दा उपयुक्त हुने बताउँदै आएकी छिन् । अन्यथा आफु अध्यक्ष बन्न विधानलाई एक ढंगले संसोधन गराएको र शेखरलाई रोक्न पुनः संसोधन गराएको आरोप उनी माथी लाग्ने अवश्था थियो ।‘भवानी राणालाई अध्यक्ष बनाउन विधान संसोधन गर्ने अनि शेखरलाई रोक्न पुनः संसोधन गरेर पुरानै बाटोमा फर्कने कुराले उहाँलाई पनि राम्रो मान्ने थिएन’, एक केन्द्रिय सदस्यले भने ।

के आउला शुक्रबार ?
शुक्रबार पदाधिकारी बैठकमा पेश हुने अपेक्षा गरिएको विधान संसोधन प्रस्तावमा अर्काे कार्यकालबाट अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था समेटिएको बताइन्छ । अर्थात शेखर गोल्छा अध्यक्ष बनेपछिको अर्काे कार्यकालमा भने अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था प्रस्तावमा समेटिएको छ । त्यसका अलवा महासंघमा एसोसियट तर्फको मतभारलाई केहि प्रतिशत घटाएर वस्तुगत संघको मतभार बढाउने तयारी समेत छ ।

Advertisement

Advertisement

Advertisement