धमाधम खुल्दै नक्कली भ्याटबिलका फाइल, चिनियाँ ठेकेदारविरुद्ध मुद्धा

Advertisement

काठमाडौं । नक्कली भ्याट बिल प्रयोग गर्ने ठेकेदार कम्पनीका सञ्चालक विरुद्ध मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले नेपाल दोङहवा कन्स्ट्रक्सन इञ्जिनियरिङ प्रालीका सञ्चालकहरु विरुद्ध मुद्धा दायर गरेको हो । त्यसरी मुद्धा दायर गरिनेहरुमा चिनियाँ नागरिकहरु याङ लिन, शे श्याङजुन, वे देगुई रहेका छन् । त्यस्तै नेपाली सञ्चालक सुविन श्रेष्ठ विरुद्ध पनि मुद्धा परेको छ ।

उनीहरुलाई १३ करोड १३ लाख ११ हजार ५ सय ७७ रुपैयाँ विगो तथा ३ वर्ष कैदको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरिएको विभागका महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए ।

कम्पनीले ४ करोड २१ लख ८ हजार ८ सय २ रुपैयाँ मूल्य अभिवृद्धि कर(भ्याट) तथा ७ करोड ७७ लाख ७१ ह्जार ७ सय ९३ रुपैयाँ बराबको आयकर र मुनाफा वितरणमा लाग्ने १ करोड १४ लाख ३१ ह्जार ८२ रुपैयाँ लाभकर छलेको प्रमाण फेला परेको हो ।

विभागले राजश्व (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ) १ बमोजिम १३ करोड १३ लाख ११ हजार ६ सय ७७ रुपैयाँ बिगो दावीसहित ३ वर्ष जेल सजायको माग गर्दै मुद्धा दायर गरेको हो ।

विभागले पछिल्लो समय नक्कली भ्याटबिल छानबिनलाई तिब्रता दिईरहेको पनि महानिर्देशक मैनालीले बताए । विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएर दिर्घराज मैनालीलाई महानिर्देशक बनाएपछि राजश्व छल्नेहरु बिरुद्धको छानबिनले व्यापकता पाईरहेको छ । महानिर्देशक मैनालीले बर्षाै पुराना फाइल अध्ययन गर्नदेखि लिएर राजश्व छलीका नयाँ नयाँ तथ्य फेला पार्दै मुद्धा दायर गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement