सुनको मूल्य लगातार घट्दै, आज पनि तोलामा छ सय कम

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ७१ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज छ सय रुपियाँले घटेर प्रतितोला ७० हजार दुई सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ६९ हजार नौ सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १८५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ९३० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपियाँले घटेर ८४५ रुपियाँमा नै कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement