धितोपत्र बोर्डको अध्यक्ष छान्न बन्यो समिति, कसले मार्ला बाजी ?

Advertisement

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि समिति गठन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरिय निर्णय गर्दै ३ सदस्यीय छनौट समिती गठन गरेका हुन् ।

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयाल संयोजक रहेका छन् । अन्य सदस्यहरुमा राजश्व सचिव शिशिर ढुंगाना र चाटर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)का अध्यक्ष कृष्ण प्रसाद आचार्य रहेको नवगठित समितिका एक सदस्यले जानकारी दिए ।

उनीहरुले आफैं कार्यविधि बनाएर अध्यक्ष छनौट गर्न सक्ने व्यवस्था रहेको छ । छनौट समितिले खुला विज्ञापन गरेर अध्यक्ष चयन गर्न पनि सक्नेछ । समितिलाई आफैं ३ जनाको नाम सिफारिस गर्न सक्ने अधिकार पनि रहेको छ ।

बोर्ड अध्यक्षका लागि आईक्यानका पुर्व अध्यक्ष टंक पनेरु, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक बासुदेव अधिकारी, बोर्डकै सञ्चालक समिति सदस्य रहेका भिष्म ढुंगाना, बोर्डकै कार्यकारी निर्देशकद्धय परिष्टनाथ पौडेल र निरज गिरी तथा उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले लबिङ गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement