क्लियरिङ हाउसलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिने

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ हाउसलाई ‘साफा वेष्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्डस्’अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिने भएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा दक्षिण एसियाली एकाउन्टेन्टहरुको महासंघ साफा समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । साफाले सो अवार्ड ढाका, बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गर्नेछ ।

यसअघि क्लियरिङ हाउस सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)द्वारा सञ्चालित बीपीए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो । त्यसपछि सो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकंनका लागि साफामा पठाएको थियो ।

क्लियरिङ हाउसलेले आफूले भुक्तानी तथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तिय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको जनाएको छ । यो संस्था नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूलगायत स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

Advertisement

Advertisement

Advertisement