चलचित्र महोत्सवमा भाग लिन गोविन्दा आइपुगे

Advertisement

काठमाडौं । चलचित्र महोत्सवमा भाग लिन भारतीय अभिनेता गोविन्द नेपाल आएका छन् । गोविन्दासँगै उनकी श्रीमती र नेपालकी पूर्वअभिनेत्री निरुता सिंह पनि सँगै आएका हुन् । गोविन्दाकी श्रीमती नेपाली मुलकी हुन् ।

‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ बिहीबारदेखि बीरगञ्जमा तीनदिने नेपाली चलचित्र महोत्सव हुँदैछ । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र महोत्सवको ५३औँ वर्ष पूरा भएको उपलक्ष्यमा सो महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्र, नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र गरी छ चलचित्र प्रदर्शन गरिने आयोजक समितिले जनाएको छ । यो महोत्सवले तराई–मधेशमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने चलचित्र निर्माताहरुको विश्वास छ ।

Advertisement

Advertisement

Advertisement