सिभिल बैंकको ६.५७ प्रतिशत नगद लाभांश घोषणा

Advertisement

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट सेयरधनीलाई ६.५७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको कार्तिक २० गते सम्पन्न सञ्चालक समितिको २८८औं बैठकले ६.५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो गत वर्षको तुलनामा धेरै हो । बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपियाँ बराबरको नगद लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण सुरु गरिनेछ ।

हाल यस बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपियाँ छ ।

Civil-bank

Advertisement

Advertisement

Advertisement