खल्ती र लर्ड बुद्धबीच सम्झौता, विद्यार्थीलाई इन्टर्नशिप र रोजगारी दिइने

Advertisement

काठमाडौं । खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ ले इ–बिजनेस र आइटी पढेका विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन्। खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन्।

सम्झौता अनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्र्निशपका लागि आवेदन दिन सक्नेछन्। छोटो अवधिको इन्टर्र्निशप पूरा गरिसकेपछि उनीहरूलाई ‘खल्ती’ मा पूर्णकालिन रोजगारी प्रदान गरिनेछ।

मुख्यतः खल्तीले विद्यार्थीहरुको कक्षाको पढाईमा बाधा नपुग्ने गरी इन्टर्र्निशपका लागि अनुकुल समय प्रदान गर्नेछ। साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुहरुको समयमा बिदाको पनि व्यवस्था गर्नेछ।

त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ। ‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ।

उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले दुबै संस्थाहरूको उद्देश्य नेपालको आईटी उद्योगको विकास गर्नु रहेको बताए। त्यस्तै, लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले खल्ती सँगको यस प्रकारको सहकार्य हाम्रा विद्यार्थीहरूलाई एकदमै प्रभावकारी हुने अपेक्षा गरेको बताए।

नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । यस सहकार्यले उद्योग र विद्यार्थी बीच रहेको उक्त खाडल केहि हदसम्म पुर्ने अपेक्षा गरिएको छ।

Advertisement

Advertisement

Advertisement